Saturday, November 28

समाचार

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल
राजनीति, विदेश, समाचार

अमेरिकालाई शतप्रतिशत कर लगाउनुपर्छ : केजरीवाल

नेपालअखबार,काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्। उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन्। केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जुन देश ट्रम्पविरुद्ध खडा भयो, त्यस देशको अगाडि ट्रम्पलाई झुक्नै पर्‍यो।‘ उनले थपे, ‘मोदीजीलाई के बाध्यता छ थाहा छैन तर उनी ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका छन्।‘ उनले बदलामा भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।‘ केजरीवालले केही दिनअघि मोदीले ट्रम्पको दबाबमा कपासमा लाग्ने ११ प्रतिशत कर हटाइदिएको आरोप लगाए । ‘मोदीजीको यो निर्...
मुख्य सचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति
प्रशासन, समाचार

मुख्य सचिवको कार्यकाल २ वर्ष नै राख्ने सहमति

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति जुटेको छ । हाल मुख्यसचिवको कार्यकाल तीन वर्ष छ । यसलाई घटाएर दुई वर्ष मात्रै कायम गर्ने गरी प्रतिनिधि सभाले सहमति गरेर संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्य सचिवको कार्यकाल दुई वर्ष नै राख्ने सहमति गरेको हो । निजामती सेवामा अवकाशको उमेर भने ६० वर्ष हुने छ । हाल ५८ वर्ष रहेको छ । निजामती सेवा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।...
सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुग्यो
अर्थ, समाचार

सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुग्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा छापावाल सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ कायम थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेको हो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको हो ।...
भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग
प्रशासन, समाचार

भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

नेपालअखबार, काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ ।  सरकारले  राजपत्रमा सूचना प्रकाशित गर्दै  नेपाली सेनालाई भारतबाट २ करोड ४० लाख बराबरका ६ वटा लाइट स्ट्राइक भेहिकलमा सहयोग भएको उल्लेख गरेको छ । यसको लागि  भन्सार छुट दिन सूचना समेत निकालेको हो । यस्ता भेहिकल  पैठारी गर्दा नेपाल सरकारले पूर्ण भन्सार महसुल र अन्य शुल्कहरूमा छुट दिएको छ ।...
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

नेपालअखबार,काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री गुरुङले बताए । यस्तै नेपाली सेनातर्फ चार जना उपरथीहरूको सरुवा गर्ने, एक जना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।...
राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल
राजनीति, समाचार

राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल

नेपालअखबार, काठमाडौँ । राष्ट्रिसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिद्वारा बुधबार आयोजित राष्ट्रिय सदाचार नीतिसम्बन्धी तयार गरिएको अध्ययन प्रतिवेदन, २०८२ माथिको छलफललाई सम्बोधन गर्दै उनले राजनीति क्षेत्रमा सदाचार लागू हुन नसकेका विद्यमान अवस्थामा सदाचार नीति कायम गर्नेतर्फ सम्बद्ध सबैको ध्यान जानुपर्नेमा जोड दिए । 'कानुन निर्माण, मुलुकको बजेट निर्माण प्रक्रिया, आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा राजनीतिक दलको संलग्नता रहेको हुन्छ, राजनीति सदाचार भएमा मात्रै यी क्षेत्रमा पनि सदाचार लागू गर्न सकिन्छ,' दाहालले भने, 'यदि घरमूलीले मद्यपान, धूमपान गर्छ भने अरुलाई अर्तीउपदेश दिन मिल्छ ? त्यसरी नै हामीले अरुलाई सदाचार नीति लागू गराउन खोज्ने तर आफूचाहिँ नीति बाहिर बस्न म...
राज्यव्यवस्थाको सभापतिमा निर्विरोध निर्वाचित न्यौपानेले लिइन् शपथ
राजनीति, समाचार

राज्यव्यवस्थाको सभापतिमा निर्विरोध निर्वाचित न्यौपानेले लिइन् शपथ

नेपालअखबार,काठमाडौँ ।  प्रतिनिधिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले बुधबार पद तथा गोपनियताको शपथ लिएकी हुन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेसमक्ष न्यौपानेले समिति सभापति पदको शपथ लिएकी हुन् । शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, कानुनमन्त्री अजयकुमार चौरसिया, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरूको सहभागिता थियो । राज्यव्यवस्था समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो यसअघिका समिति सभापति रामहरि खतिवडा संघीय निजामती विधेयकमा 'कुलिङ अफ पिरियड' सम्बन्धी विवादमा मुछिएपछि गत साउ...
बलिउड अभिनेता प्रदीप रावत नेपाली फिल्म खेल्न नेपालमा
चलचित्र, समाचार

बलिउड अभिनेता प्रदीप रावत नेपाली फिल्म खेल्न नेपालमा

नेपालअखबार, काठमाडौँ । बलिउड अभिनेता प्रदीप रावत नेपाल आएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आबाट आमा’ मा अभिनय गर्न उनी बुधबार काठमाडौँ आइपुगेका हुन् ।निर्माण टिमका अनुसार फिल्मको छायांकन बिहीबारबाट सुरु हुँदैछ । रावत त्यसकै तयारीका लागि आजै चितवन जाने भएका छन् ।
निजामती विधेयक : प्रतिनिधिसभाले रोकेको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले १० प्रतिशत राख्यो
राजनीति, समाचार

निजामती विधेयक : प्रतिनिधिसभाले रोकेको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले १० प्रतिशत राख्यो

नेपालअखबार,काठमाडौँ । निजामती सेवामा सहसचिव पदपूर्तिका लागि १० प्रतिशत संख्या खुला प्रतिस्पर्धाबाट गराउने व्यवस्था संघीय निजामती विधेयकमा राखिएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान निजामती विधेयकमा राखेको हो । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान सर्वसम्मतिले पारित गरेको हो ।समितिको बुधबारको समितिले उक्त सहमति जुटाएको हो । प्रतिनिधिसभाबाट पारित विधेयकमा भने सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नहुने व्यवस्था पारित गरेको थियो । प्रतिनिधिसभाले सहसचिव...
एमाले नेता ऐन महर पक्राउ
प्रशासन, समाचार

एमाले नेता ऐन महर पक्राउ

नेपालअखबार, काठमाडौँ  । एमाले नेता ऐन महर पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौैंको पक्राउ पुर्जीको आधारमा महरलाई अनुसन्धानका लागि बुधबार पक्राउ गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराधको उजुरी दर्ता भएको थियो । बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले भदौ ९ मा पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीको साइबर ब्युरोले महरलाई पक्राउ गरेको हो ।...