Thursday, May 21

प्रदेश

अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदै
प्रदेश, राजनीति, समाचार, हाइलाइट-समाचार

अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदै

मंगलबारदेखि अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा रहेको व्यवस्था अनुसार गोलाप्रथाबाट २ वर्षे कार्यकाल भएका सांसद बिदा हुन लागेका हुन् । नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् । उनीहरुको ठाँउमा गत माघ १९ गते निर्वाचित भएका सांसदहरु प्रवेश गर्नेछन् । आज बिदाइ हुने सांसदहरुका लागि राष्ट्रिय सभामा बोल्ने कार्यक्रम राखिएको छ । राष्ट्रिय सभाबाट यसरी बिदाइ हुने सांसदमध्ये अर्थमन्त्री डा. युवराज खतिवडा समेत हुन् । राष्ट्रपतिबाट मनोनित भएका खतिवडा राष्ट्रियसभाबाट बिदाइ भएपनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान छ । तत्कालका लागि उनी सोही प्रावधानलाई टेकेर मन्त्री पदमै रहनेछन् ।...
मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)
अर्थ, प्रदेश ४, शिक्षा, समाचार, हाइलाइट-समाचार

मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)

गाेरखा । बरिष्ठ हास्य कलाकारद्धय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सदरमुकाममा रहेको समता शिक्षा निकेतनको भवन शिलन्यास गरेका छन् । गोरखा नगरपालिका ६ दरवारमार्गमा रहेको समता विद्यालयको भवन निर्माणका लागि सोमबार मह जोडीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । समता ट्रष्टका संस्थापक उत्तमकुमार सञ्जेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदकृष्ण श्रेष्ठले समता स्कुल सरकारी र नीजि भन्दा फरक रहेको बताए । ‘समता नेपालको शिक्षा क्षेत्रको विकासका लागि महाअभियान हो, सरकारी र बोर्डिङ स्कुलभन्दा यो विलकुल फरक छ’ उनले भने ‘असल संस्कार सहितको निस्वार्थ शिक्षा दिन यो स्कुल खोलिएको हो ।’ असल र सर्वसुलभ शिक्षाका लागि देशैभर समता ट्रष्टले स्कुल र कलेज स्थापनाको अभियान चलाएको बताउदै उनल...
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण
प्रदेश, समाचार, स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। ६९ वर्षीय प्रधानमन्त्री सोमबार नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भइसक्नुभएको छ। उहाँले १३ वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो। पछिल्लो समय मिर्गौलाले राम्ररी काम गर्न नसकेपछि उहाँले बारम्बार डायलासिस गराउँदै आउनुभएको थियो। उहाँको स्वास्थ्यका बारेमा आम जनमानसमा चासो र चिन्ता देखिन्छ। प्रत्यारोपण भनेको मिर्गौला झिकेर अर्को जोडिदिने हो। यसलाई मिर्गौला साटासाट भनेर बुझ्दा हुन्छ। त्यसपछि डायलासिस गरिरहनु पर्दैन। मिर्गौलाले पहिलेकै अवस्थामा काम गर्छ। प्रत्यारोपणमा मिर्गौला दिने मान्छे पूर्णतयाः स्वस्थ र नेपालको ऐन कानुन अनुसार आफ्नै नजिकको नाता पर्ने हुनुपर्छ। उमेरको हकमा २० वर्षदेखि माथि र ६० वर्ष मुनिको हुनुपर्छ। दाताको दुईवटै मिर्गौला पूर्ण स्वस्थ भएको, कुनै रोग नलागेको र ...
राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दले दाङको जनजीवन प्रभावित
प्रदेश, समाचार, समाज, स्वास्थ्य

राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दले दाङको जनजीवन प्रभावित

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङसहित आसपासका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। मोर्चाले कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको छ। थरुहटको आमहड्तालका कारण जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना सबै ठप्प बनेका छन्। थुनामा रहेका सांसद थारुसहित अन्य ११ जना कैदीबन्दीहरूको रिहाइका लागि सरकारलाई दबाब दिन भन्दै दुई दिने बन्द आह्वान गरिएको मोर्चाका दाङ जिल्ला अध्यक्ष जानकुलाल चौधरीले जानकारी दिए।...
गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाण्डौं लगियाे

गोरखाबाट पक्राउ परेका आठ जना चिनियाँ नागरिकलाई काठमाण्डौं लगिएको छ । माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो । नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाण्डौं पठाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।...
होली नमनाउन सरकारको आग्रह
धर्म/संस्कृति, प्रदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

होली नमनाउन सरकारको आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्षको होली नमनाउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको रोकथामका लागि भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्। ‘भीडभाड हुने गरी कुनै काम नगरौं। सकभर भीड हुने कामबाट बचौं। यसपटक होली नमनाऔं,’ ज्ञवालीले भने, ‘विवाहको विषयलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाऔं।’ ज्ञवालीले अहिलेसम्म नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै नेपाललाई संक्रमणबाट जोगाउनका लागि सरकारले विभिन्न कदम चालेको बताए। यस वर्षको होली फागुन २६ र २७ गते परेको छ। कोरोनाबाट प्रभावित पाँच वटा देशका पर्यटकलाई जारी गरेको अन एराइभल भिसा रोक्का गरिएको र अत्यावश्यक बाहेक भ्रमण विदेश भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गरेको उनले बताए।...
लागु पदार्थ खुवाएर डकैती गर्ने ४ जना पक्राउ (भिडियो सहित)
प्रदेश ३, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

लागु पदार्थ खुवाएर डकैती गर्ने ४ जना पक्राउ (भिडियो सहित)

गोरखा । गोरखाका बिभिन्न स्थानमा लागु पदार्थ सेवन गराएर धनमाल लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । खाद्य तथा पिय पदार्थमा लागु औषध मिसाई गोरखा नगरपालिका ५, ६ र शहिद लखन गाउँपालिका ९ बाट गरगहना र नगद लुट्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नवलपरासीको कावासोतीबाट पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा गोरखाको बारपाक घर भई हाल चितवनको रत्ननगर ४ बस्ने ४६ बर्षका प्रकाश गुरुङ, उदयपुर रानीबास गाउँपालिका २ सालघारीका ५३ बर्षिय अमृत राना, बाराको निजगढ ७ का ३८ बर्षिय कृष्ण बिक र सुनसरीको इटहरी ४ खनारका ४५ बर्षका प्रदिप चौधरी रहेको गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिएका छन् । उनिहरुले गत माघ २५ गते गोरखा नगरपालिका ५ को लाङ्लेपानीकी भुवानी आचार्यलाई फ्रुटीमा लागुपदार्थ मिसाई खुवाएर कानमा लगाउने सुनको रिङ, तिलहरी, कान्छी तिलहरी, मोबाइल सहित ४...
औषधी ब्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ निर्विरोध
प्रदेश ४, समाचार, स्वास्थ्य

औषधी ब्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ निर्विरोध

गोरखा । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा संगमबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् । आइतबार सदरमुकाममा भएको संघको तेस्रो अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा श्रेष्ठसंगै सन्देश मास्के र अयोध्या जोशी गरी तिन जनाको उम्मेदवारी परेपनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा विनोद अर्याल, महासचिवमा डा. सन्दिप गोर्खाली, कोषाध्यक्ष गोमा कुमारी भट्टराई ढकाल, उपमहासचिवमा गोकर्ण थापा र उपकोषाध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रतिभा काराखेती, रामहरी विसुङ्के र तेज बहादुर तिवारी निर्विरोध भएको निर्वाचन अधिकृत डिलबहादुर बस्नेतले जानकारी दिए । संघका गोरखा शाखा अध्यक्ष संगम बाबु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख...
गण्डकी प्रदेशकाे तयारी : किसानलाइ ब्याजमा ५० प्रतिशत अनुदान
कृषि, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेशकाे तयारी : किसानलाइ ब्याजमा ५० प्रतिशत अनुदान

गोरखा । किसानले वित्तिय क्षेत्रबाट लिने ऋणको ब्याजमा अनुदान दिने तयारी सरकारले गरेको गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापा मगरले बताएका छन् । कृषि ज्ञान केन्द्र गोरखाको भवन उद्घाटन गर्दै मन्त्रि थापाले कृषि क्षेत्रमा लगानी बढाउन र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशले ऋणको ब्याजमामा ५० प्रतिशत अनुदान दिने तयारी गरेको बताएका हुन् । ‘कृषि क्षेत्रमा लगानी बढाउनुस, ब्यवसायिक रुपले उत्पादन थाल्नुस, अब सरकारले ब्याजमा अनुदान दिन्छ’ उनले भने ‘यसले नितान्त किसानलाई राहत पु¥याउछ भन्ने हाम्रो विश्वास हो ।’ अनुदान लिनका लागि सरकारले गत शुक्रबार सूचना आह्वान गरेको र १ महिनाभित्र कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालमा निवेदन दिइसक्नुपर्ने समेत उनले जानकारी दिए । कृषि क्षेत्रमा कृयाशिल फर्म, कम्पनी, समुह, सहकारीले निवेदन दिन सक्ने समेत उनले बताए । यो बर्ष प्रदे...
महालक्ष्मीको १० औं साधारणसभा सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

महालक्ष्मीको १० औं साधारणसभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर २ मा हरेको महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रञ्जिता थापाको अध्यक्षतामा भएको साधारण सभामा वडाध्यक्ष रहमतुल्ला मियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको गतिविधी तथा प्रगती प्रतिवेदन सचिव जुना परियार र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वरी भट्टले प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्ष रहमतुल्ला मियाँ, सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी थापा मगर, महालक्ष्मी माध्यामिक विद्यालयका ब्यवस्थाप समितिका अध्यक्ष डिलबहादुर अधिकारी, शिक्षक अर्जुन रेग्मी, मिलन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षभुवन कुमारी बाँनिया, स्थानीय बुद्धिजिवी हिरालाल बोहोरा, देवि महिला समुहका अध्यक्ष तारा विक लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रमकै अवसरमा सोड नेपालका अध्य...