Sunday, July 12

समाचार

कांग्रेस नेतृ आरजु राणा पुगिन् दिल्ली
राजनीति, समाचार

कांग्रेस नेतृ आरजु राणा पुगिन् दिल्ली

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् । उनी कांग्रेसकी केन्द्रीय सदस्य र पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । डा.राणा सोमबार दिउँसो २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ । उनी भारतमा फलोअप उपचारका लागि गएको स्रोत बताउँछ । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा २०७९ साउनमा पाठेघरको शल्यक्रिया गरेकी थिइन् । त्यसैको फलोअपका लागि उनी दिल्ली गएको सचिवालय बताउँछ । फलोअप उपचारका लागि भनिए पनि दिल्लीमा रहँदा उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास गर्ने कांग्रेस नेताहरू बताउँछन् । यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगेका छन् ।...
चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी
अपराध, समाचार, समाज

चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी

नेपालअखबार,काठमाडौं । चिनियाँ गिरोहको योजनामा चितवनमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ । खैरहनी नगरपालिका-६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि नामको कम्पनी खोली त्यसको आवरणमा नेटवर्क विस्तार गरेर ठूलो रकम ठगी गरेको खुलेको हो । केन्द्रीय साइबर ब्युरोले लामो अनुसन्धानपछि यो गिरोहका ११ सदस्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जिन्जाङ, तनहुँका १९ वर्षीय सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनका सोनम खातुन टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बाराका राम निवासप्रसाद कलवार छन् । यो समूहविरुद्ध अहिलेसम्म २५५ वटा सामूहिक उजुरी आएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ठगिने एकै परिवारका धेरै सदस्यसमेत छन् । अहिलेसम्मको उजुरीअनुसार १२ करोड ८ लाख १६...
भक्तपुरमा आफ्नै कन्चटमा गोली हानेर आत्महत्या
समाचार, समाज

भक्तपुरमा आफ्नै कन्चटमा गोली हानेर आत्महत्या

नेपालअखबार, काठमाडौं । भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेको छन् । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण हुन् भन्ने यकिन हुन बाँकी नै रहेको छ । घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका उनी अविवाहित रहेको प्रहरीले बताएको छ । दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा ४० वर्षीय राईले कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ ।जिएस–५ लेखिएको जर्मन बन्दुकले गोली हानेको पाइएको प्रहरीले बताएको छ ।...
समानुपातिकमा बस्न नमान्नेका ठाउँमा अर्को व्यक्ति कसरी पठाउने ?
प्रशासन, राजनीति, समाचार

समानुपातिकमा बस्न नमान्नेका ठाउँमा अर्को व्यक्ति कसरी पठाउने ?

नेपालअखबार,काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका कतिपयले उम्मेदवार बन्न अस्वीकार गरेका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकाहरूले उम्मेदवारी फिर्ताको घोषणा गरिरहेका छन् । हालसम्म रास्वपाबाट समानुपातिक सूचीमा रहेका ११० जनामध्ये ६ जनाले नाम फिर्ता लिएको घोषणा गरेका छन् । जसमा डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती र मिलन लिम्बूले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । अहिले घोषणा गरेर मात्रै नाम फिर्ता नहुने निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार समानुपातिक सूचीमा रहेका नाम परिवर्तनका लागि तीन वटा तरिका छन् । पहिलो : क्लस्टर नमिलेको हकमा निर्वाचन आयोगले औंल्याएअनुसार सम्बन्धित दलले नाम परिवर्तन गर्न सक्न...
वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना नियन्त्रण
प्रशासन, समाचार, समाज

वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना नियन्त्रण

नेपालअखबार,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको विभिन्न ठाउँबाट निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गर्ने दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका २६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वीरगञ्जको अवस्था उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रशासनको आदेश जारी भए पनि त्यसलाई तोड्दै हिन्दुवादी संगठनहरूले महानगरको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको हो । 'प्रहरीमाथि ढुङ्गामुढा तथा प्रहार गर्नेदेखि लिएर उच्छृङ्खल गतिविधि गर...
प्रचण्डले भने- दिल्लीमा अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए
राजनीति, समाचार

प्रचण्डले भने- दिल्लीमा अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका छन् । दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्ड यही कार्यक्रममा सरिक हुन भन्दै हिजो (आइतबार) भारत गएका थिए । ‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै नर्मल सिच्युएसनतिर फर्काउन मिहेनत गर्‍यौं,’ सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘अन्तत: अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहीँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’ तयसपछि अ...
एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज
प्रशासन, समाचार

एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट खारेज भएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले साेमबार ओलीले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो । यो मुद्दा चार वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको थियो । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतामा प्रश्न उठाउँदै रिट दायर गरेको थियो । एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष ओलीले २०७८ भदौ १७ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ओलीले रिटमा एमाले विभाजन गर्न तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख समेतलाई विपक्षी बनाएका थिए । सरकारले राजनीतिक दलसम्...
सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि
अर्थ, समाचार

सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि

नेपालअखबार, काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो ।  आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको हो ।...
झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन
समाचार, समाज

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

नेपालअखबार,झापा ।  झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उनले बताए । हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत रू १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत रू ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पुर्याएबापत रू ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । राहत उपलब्ध...
५६ वर्षपछि घर फर्किएका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता
प्रशासन, समाचार, समाज

५६ वर्षपछि घर फर्किएका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता

नेपालअखबार, खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन् । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताएका छन् । ‘म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरें’, उनले भने, ‘हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।’ घर छाडेको ५६ वर्षपछि जिल्ला फर्किएका केशरबहाद...