Tuesday, September 15

समाचार

कोरोना अपडेटः थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो
समाचार, स्वास्थ्य

कोरोना अपडेटः थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

नेपाल अखबार, काठमाडौं । बिगेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला  र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।...
चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु
समाचार

चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु

नेपाल अखबार, काठमाडौँ  ।  बिहीबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेको  छन् । ‘बिहानै सप्तकोशी नदीमा नुहाउन गएका बेला बेचन यादव र छेदी ठाकुरको चट्याङ् लागेर मृत्यु भएको हो,’ भारतीले भने, ‘यस्तै ललितादेवी यादव खेतमा धान रोप्न जाँदा र केसी साह पनि खेतमा काम गर्न गएका बेला चट्याङ् लागेर मृत्यु भएको हो ।...
बाढी महाशाखाले भन्योः तीन दिन यी नदीमा बाढी आउने सम्भावना छ, उच्च सतर्कता अपनाऔं
समाचार

बाढी महाशाखाले भन्योः तीन दिन यी नदीमा बाढी आउने सम्भावना छ, उच्च सतर्कता अपनाऔं

नेपालअखबार,  काठमाडाैं।   बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन अर्थात् आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्म देशका विभिन्न नदीमा बाढी आउने सम्भावना रहेको बताएको छ। बिहीबार बिहानै सूचना जारी गर्दैै महाशाखाले कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबईका केही साना सहायक नदीमा बहाव सतर्कता पुग्न सक्ने देखिएको जानकारी दिएको हो। महाशाखाले भनेको छः आगामी ३ दिन तराईको भारतीय सीमा आसपास भई बहने साना नदीमा जलसतह बढ्ने र केहीमा सतर्कता पुग्न सक्ने, तटीय क्षेत्रमा उच्च सतर्कता अपानाऔं।...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द हुने
समाचार, स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द हुने

नेपाल अखबार, पोखरा । कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्न लागेको छ । एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिने भएको छ । आज एक दिनको लागि मात्रै अन्य सेवा बन्द गरिने उनले जानकारी दिए । शव व्यवस्थापन गर्दा संक्रमण फैलिन सक्ने हुँदा एक दिनको लागि ओपीडी बन्द गर्न लागिएको उनले जानकारी दिए । ‘ओपीडी र आइसोलेसन पनि नजिकै छ । शव व्यवस्थापन गर्दा संक्रमण नफैलियोस् भनेर आज एक दिनको लागि इमर्जेन्सी मात्रै खुल्ला गर्न भनेका हौं,’ उनले भने । गए राति ११ बजेर ३५ मिनेट जाँदा कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो । उनको शव व्यवस्थापनको तयारी भई रहेको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।...
स्थायी कमिटीका सदस्यको आपत्तिपछि नेकपा बैठकको एजेण्डा फेरियो
समाचार

स्थायी कमिटीका सदस्यको आपत्तिपछि नेकपा बैठकको एजेण्डा फेरियो

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बालुवाटारमा बस्यो । तर, बैठकको सुरुमा नै नेतृत्वले विरोधको सामना गर्नुपर्‍यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका एजेण्डामै स्थायी कमिटीका सदस्यहरुले आपत्ति जनाएका छन् । अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले बैठकको सुरुमा पाँच बुँदे एजेण्डा प्रस्तुत गरेका थिए । बैठक बोलाउँदैखेरि स्थायी कमिटीका सदस्यहरुलाई यी एजेण्डाहरुमाथि छलफल गरिनेछ भनेर पहिल्यै सूची पठाउनुपर्ने नेकपाको प्रचलन थियो । यसका लागि पहिले सचिवालयको बैठक बस्ने र त्यसले तयार पारेका एजेण्डाहरु स्थायी कमिटीमा प्रस्तुत गर्नुपर्नेमा सचिवालयको बैठक नै नबसी महासचिवले बैठकमा एजेण्डाहरु सुनाएका थिए । बुधबार बिहान बिना एजेण्डा स्थायी कमिटीका नेताहरुलाई बालुवाटार बोलाइएको थियो । बैठकमा आएसकेपछि मात्र महासचिव...
अदालतको अवहेलना मुद्धामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो
राजनीति, समाचार

अदालतको अवहेलना मुद्धामा सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दायर गरेका थिए । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले भनेको छ ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न ७ (सात) वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देश...
नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई
राजनीति, समाचार

नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

नेपाल अखबार, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् ।साथै कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् ।...
क्वारेन्टिनमा बसेकालाई खाना पकाउने भान्सेमै कोरोना पोजेटिभ देखिएपछि.
समाचार, स्वास्थ्य

क्वारेन्टिनमा बसेकालाई खाना पकाउने भान्सेमै कोरोना पोजेटिभ देखिएपछि.

नेपाल अखबार, सुर्खेत । सुर्खेतको एक क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने पुरुषको कोरोना रिपोर्ट पाजेटिभ आएपछि क्वारेन्टिनमा बसेका ४६ जनामा त्रास बढेको छ ।  सुर्खेतको पञ्चपुरी नगरपालिका ५ स्थित विद्याज्योति माविको क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाएर खुवाउने तीन जनामध्ये एक जना पुरुषको पीसीआर परीक्षणमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो । खाना पकाएर खुवाउने व्यक्तिको पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा बसेकाहरुले बुधबार बिहानबाट खाना नखाएको बताएका छन् । उनीहरुले अर्को व्यवस्था गर्न नगरपालिकासँग अनुरोध गरेपनि नगरेको गुनासो गरेका छन् । त्यस्तै क्वारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षण समेत नगरेर वेवास्ता गरिएको गुनासो उनीहरुको छ । ‘क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाउने तीनजना मध्ये एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएपछि हामीले खाना खाएका छैनौ । अर्को व्यवस्था गर्न माग गरेपनि सुनुवाई भएको छैन’, क्वा...
अब आमाको नामबाट पनि नागरिकता
राजनीति, समाचार, हाइलाइट-समाचार

अब आमाको नामबाट पनि नागरिकता

नेपाल अखबार, काठमाडौं । नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने बहस विगतदेखि उठिरहेका बेला संसदीय समितिबाट पास भएको बिधेयकले यसबारे ढोका खोलेको छ । हालै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संसोधन विधेयकमा आमाको नामबाट नागरिकता प्राप्ति सम्बन्धि विशेष व्यवस्था गरिएको छ । यो विधेयक प्रतिनिधिसभामा बुझाईको छ र संसदमा छलफलपछि पारित हुँदैछ । नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७७ को रुपमा आउन लागेको विधेयकमा मूल ऐनको दफा ८ संशोधन गर्दै सो को उपदफा १ को क (२) मा नेपाली  नागरिक  आमाबाट  नेपालमा  जन्म  भई  नेपालमा  नै  बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजको आमाले गरेको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । यसबाट बावुको पहिचान नभएकाले आमाको नामबाट नागरिकता पाउन ...
पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपाल अखबार,  पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला १०६ गरी ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।...