Wednesday, August 5

समाचार

जाँचबुझ आयोगको समय पटकपटक सार्नु गलत हो : प्रचण्ड
राजनीति, विचार, समाचार

जाँचबुझ आयोगको समय पटकपटक सार्नु गलत हो : प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगको समय थप हुनु गलत भएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने उनको भनाइ छ । ‘आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सार्‍यो त्यो मान्न सकिने कुरा हो । गर्दागर्दै भ्याइएन होला । दुईपटक पनि मोटामोटी त्यस्तै पर्‍यो कि भन्न सकिने कुरा हो ।’प्रचण्डले थप भनेका छन्, ‘तर तीनपटक र अझ अब चुनावपछि भन्ने कुरा गलत भएको छ । दोषी ठहर गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गर्ने र समय सारेर चुनावपछि गर्ने कुरा विल्कुल सही भएको छैन ।’...
पोखराबाट भारतका सहरमा उडान भर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह
कर्पोरेट, समाचार

पोखराबाट भारतका सहरमा उडान भर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

नेपालअखबार, पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा सहज उडान भर्न माग गरेको छ । नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरसँग भेट गर्दै संघले पोखराको विकास हुन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अनिवार्य रहेको बताएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सोझै यात्राको वातावरण तथा भारतीय पर्यटकलाई नेपाल भित्र्याउन संघका अध्यक्ष गोकर्ण कार्कीले ध्यानाकर्षण गराए । सचिव सुमनले मागप्रति आफू सकारात्मक रहेको बताए । कार्कीले एयरपोर्ट संचालनसँगै, सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषय पनि उठान गरेका थिए । सुमनले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । उनले सूचना प्रविधि र स्टार्ट अपसम्बन्धी अब आयोजना हुने मेलामा पनि नेपाली सहभागिता सुनिश्चित हुने बताए ।...
शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर प्रस्थान
राजनीति, समाचार

शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर प्रस्थान

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल  स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए । जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।देउवा यसपटक उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गरेका हुन् । डडेल्धुराबाट यसपटक कांग्रेसबाट नैनसिंह महरले टिकट पाएका छन् ।...
पूर्वी र मध्य पृतना पुगेर प्रधानसेनापतिले भने- निर्वाचन सुरक्षामा विशेष ध्यान दिनुस्
प्रशासन, समाचार

पूर्वी र मध्य पृतना पुगेर प्रधानसेनापतिले भने- निर्वाचन सुरक्षामा विशेष ध्यान दिनुस्

नेपालअखबार, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएक छन् । सुनसरीस्थित पूर्वी पृतना र बर्दिबासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरू निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।पृतनाहरुको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एंव समग्र वस्तुस्थितीको सम्बन्धमा जानकारी दिएका थिए । उनले उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।...
चीनसँग सुपरसोनिक मिसाइल किन्दै इरान, सम्झौता अन्तिम चरणमा
विश्व, समाचार

चीनसँग सुपरसोनिक मिसाइल किन्दै इरान, सम्झौता अन्तिम चरणमा

नेपालअखबार,काठमाडौं ।  इरानले चीनबाट सुपरसोनिक एन्टी सिप क्रुज मिसाइल किन्ने तयारी गरेको छ। चिनियाँ कम्पनीले उत्पादन गरेको सिएम-३०२ मिसाइल इरानले किन्नका लागि दुई देशबीच सम्झौता अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हतियार खरिद-बिक्रीबारे इरान र चीनबीच भएको वार्ता सहमति नजिक पुगेको भनेर रोयटर्सले वार्ताबारे जानकारी राख्ने ६ जना अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ। खरिद-बिक्री गर्ने यकिन मिति भने तय भइसकेको छैन। यो मिसाइलले २९० किलोमिटरसम्मका निशानामा मार हान्न सक्ने बताइएको छ। सुपरसोनिक मिसाइल कम उचाइमा तीव्र गतिमा उडेर जहाजमा जडित प्रतिरक्षा प्रणाली छल्न सक्ने क्षमतासहित विकसित गरिएको बताइएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार यस्तो हतियार तैनाथ भएमा पर्सियन गल्फ क्षेत्रमा इरानको आक्रमण क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने र अमेरिकी नौसैनिक बलका...
नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा
समाचार, समाज

नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा

नेपालअखबार,धादिङ । धादिङमा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ । आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको छ । आकाशे पु...
चुनाव सार्ने हल्लामा एमालेको आपत्ति, भन्यो- अब फागुन २१ मै हुनुपर्छ
राजनीति, समाचार

चुनाव सार्ने हल्लामा एमालेको आपत्ति, भन्यो- अब फागुन २१ मै हुनुपर्छ

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सर्ने हल्ला चलाइएकामा आपत्ति जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले अब निर्वाचन सार्ने कुरामा एमाले सहमत नभएको बताएका हुन् । ‘अहिले निर्वाचन सर्ने जुन हल्ला चलाइएको छ । त्यसप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ शाहीले भने, ‘पुन: दोहोर्‍याउन चाहन्छु– निर्वाचन समयमा हुनुपर्छ ।’ एमाले कुनै पनि बहानामा चुनाव सार्ने नभई फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको उनले बताए । ‘कुन कोणबाट, कुन दृष्टिकोणबाट, कुन राजनीतिक उद्देश्यका साथ चुनाव सार्ने हल्ला फैलाइँदैछ ? यसको भित्री उद्देश्य के हो ? एमालेले यसबारे गम्भीर चासो राखिरहेको छ,’ शाहीले भने ।...
अमेरिकामा श्रीमती र छोरीको हत्या गरेलगत्तै नेपाली पुरूषलाई प्रहरीले हान्यो गोली, घटनास्थलमै मृत्यु
विदेश, समाचार, समाज

अमेरिकामा श्रीमती र छोरीको हत्या गरेलगत्तै नेपाली पुरूषलाई प्रहरीले हान्यो गोली, घटनास्थलमै मृत्यु

नेपालअखबार, काठमाडौं । अमेरिकाको भर्जिनियामा एक नेपालीले आफ्नै परिवारका तीन सदस्यमाथि धारिलो हतियार प्रहार गरेका छन्। भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक व्यक्तिले आफ्नै श्रीमती, छोरी र ज्वाइँमाथि धारिलो हतियार प्रहार गरेका हुन्। हतियार प्रहारबाट गम्भीर घाइते भएका श्रीमती र छोरीको उपचार क्रममा मृत्यु भएको फेयरफ्याक्स काउन्टी प्रहरी प्रमुख केभिन डेभिसले पत्रकार सम्मेलनमा बताएका छन्। अमेरिकी अनलाइन एनबिसवासिङ्टन डटकमका अनुसार सोमबार बिहान म्यान्टुआ क्षेत्रमा पर्ने मार्गेट म्यानर अपार्टमेन्टमा सो घटना भएको हो। त्यतिबेला आरोपीका ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका थिए। घरबाट चित्कार सुनेपछि उनी काम छोडेर घरभित्र गएका थिए। त्यहाँ उनले आफ्नो श्रीमती भुइँमा रक्ताम्य अवस्थामा ढलेको र ससुराले सासुमाथि धारिलो हतियार प्रहार गरिरहेको भयावह दृश्य देखेको प्रहरी प्रमुख  डेभिसले प...
संसद् विघटनविरुद्धको मुद्दालाई लिएर सर्वोच्चमाथि एमालेले उठायो प्रश्न
राजनीति, समाचार

संसद् विघटनविरुद्धको मुद्दालाई लिएर सर्वोच्चमाथि एमालेले उठायो प्रश्न

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटा१२ फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमाले‍ प्रतिनिधिसभा विघटनको विषयको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने अडानमा रहेको बताएका हुन् । ‘सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलैजानु संवैधानिक सर्वोच्चताको स्थापित गर्ने कुराबाट गम्भीर ढंगले विचलित हुनु हो,’ शाहीले भने । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसकै आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए...
सर्लाही-४ का लागि गगन थापाले सार्वजनिक गरे प्रतिज्ञा पत्र (पूर्णपाठ)
राजनीति, समाचार

सर्लाही-४ का लागि गगन थापाले सार्वजनिक गरे प्रतिज्ञा पत्र (पूर्णपाठ)

नेपालअखबार, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रतिज्ञा सार्वजनिक गरेका हुन्। थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गरेका छन्। उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको बताए भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन्। विभिन्न सम...