मानिस जस्तै हात्तीले पनि नामले बोलाउँछन् एकअर्कालाई!
नेपालअखबार, काठमाडौं । मानिस जस्तै हात्तीले पनि अरू हात्तीलाई बोलाउन नाम राख्ने गर्छन् भन्ने खुलेको छ।
अहिलेसम्म मानिसबाहेक अर्को कुनै जनावरले बोलाउन नाम राखेको थाहा भएको थिएन। हात्ती मानिसपछिको सबभन्दा बुद्धिमान प्राणीमध्ये पर्छ भन्ने मान्यतालाई यसले थप बल पुर्याएको छ।
सोमबार माइकल पार्दो र अरू खोजकर्ताहरूले 'नेचर इकोलोजी एन्ड इभोल्युसन' जर्नलमा लेख्दै अफ्रिकाका हात्तीहरूले बोलाउन नाम राख्ने गर्छन् भनेर दाबी गरेका छन्।
पार्दोले केन्याका दुई समूहका हात्तीहरूको वर्षौंदेखि रेकर्ड गरिएको आवाजको अध्ययन गरेर सो कुरा पत्ता लगाएका हुन् भनेर 'द इकोनोमिस्ट' ले लेखेको छ।
सम्बुरू राष्ट्रिय आरक्षमा रहेका हात्तीको सन् १९९७ देखि रेकर्ड गरिएका आवाज र अम्बोसेली राष्ट्रिय निकुञ्जका हात्तीको सन् १९७२ देखि रेकर्ड गरिएका आवाजको अध्ययन गरेर पार्दोले सो कुरा पत्ता लगाएका हुन्। पार्दोले ती दुई ठाउँक...










