Friday, July 10

हाइलाइट-समाचार

जनकपुरबाट ५०० जना नेकपा एस पार्टीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

जनकपुरबाट ५०० जना नेकपा एस पार्टीमा प्रवेश

नेपालअखबार, जनकपुर । धनुषा जिल्लाको जनकनन्दिनी गाऊ पालिकाको खजूरी गाऊमा  कार्यकर्ता भेला तथा पार्टीका कार्यक्रमका प्रमुख अतिथि  नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक समाराेहमा लो. स. पा. का नेता सुनिल मंडल सहित  विभिन्न पार्टीबाट  ५०० जनालाई पार्टी प्रवेश गरेका नव सदस्यहरूलाई  स्वागत गरेका छन् । प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री  नेपालले  आजकाे युग परिवर्तनकाे हाे अव अहिले पनि चाकरीका भरमा पार्टी चलाउछु भन्नेका पछि लाग्न नहुने बताए । प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री  नेपालले जनताकाे हितका लागि समाजवाद आश्यक रहेकाे हुदा हरेक नेपालीले समाजवादकाे जग राख्न याेग्दान दिन नेकपा एस पार्टीमा जाेडिन  पर्ने अवस्था  आएकाे बताए । आफ्नाे गाउ आफै बनाउ भन्ने अभियान मैल...
क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्गठनको आवश्यकता
राजनीति, विचार, समाचार, साहित्य \कला, हाइलाइट-समाचार

क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्गठनको आवश्यकता

नेपालअखबार, काठमाडाैं। दलाल नोकरशाही पूँजीवादी शोषण, दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरूद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा उभिएको समृद्ध नेपाल निर्माणको आर्थिक रूपान्तरण अभियान सञ्चालन गर्नु नै हाम्रो मूल उद्देश्य रहेको छ । सामन्तवादको अवशेषका रूपमा रहेका कुरीति, अन्धविश्वास र रूढीवाद तथा सामाजिक विकृति र विसङ्गतिको समूल अन्त्यका निम्ति सामाजिक(साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु हाम्रो तात्कालिक काम भएको छ । न्याय, समानता र सम्मानको सामाजिक परिवेश सृजना गर्नु र लोकतान्त्रिक प्रगतिशील आचरण भएको सुसंस्कृत नागरिक उत्पादन गर्नु हाम्रो मूल जिम्मेवारी रहेको छ । कम्युनिष्ट पार्टीमा आबद्ध भएका व्यक्तिहरूको उद्देश्य नै जनतामा ज्ञान, चेतना र जागरण पैदा गर्नु हो । जनतालाई ज्ञानका माध्यमबाट सचेत र जागरूक बनाइसकेपछि उनीहरूलाई संगठित गर्ने हो । ती संगठित ज...
ग्रामीण महिलाको आम्दानी : आलु र कोदो
अर्थ, कृषि, समाचार, समाज, हाइलाइट-समाचार

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो

नेपालअखबार, गलेश्वर । यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् । मङ्सिर जाडोको महिना । उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो । वैदेशिक रोजगार, स...
नेकपा एसकाअध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फर्किए  (फाेटाे फिचर)
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एसकाअध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फर्किए (फाेटाे फिचर)

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फर्किएका छन् । दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो । ‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।...
संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताएका छन् । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताए । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उनले सामाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा स...
चीनको युनान प्रान्तले जाजरकोट रुकुम भुकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

चीनको युनान प्रान्तले जाजरकोट रुकुम भुकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

नेपालअखबार, कुङ्मिङ  ।  जाजरकोट र रुकुम भुकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसंगको औपचारिक भेटवार्ताका क्रममा चिनिया कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन्। भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवि प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसग साट्न आफुहरु तयार रहेको बताए। अध्यक्ष नेपालले पनि सहयोगका धन्यवाद दिदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपाले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए। चिनिया कम्युनिस्ट पार्टीको अन्तरास्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्...
नेकपा एकीकृत समाजवादीका आज अध्यक्ष नेपाल चीन प्रस्थान
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एकीकृत समाजवादीका आज अध्यक्ष नेपाल चीन प्रस्थान

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी  भ्रमणका लागि आज  चीन  प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष माधवकुमार नेपालकाे नेतृत्वमा उपाध्यक्ष बेदुराम भुषाल सहित १ हप्ता भन्दा बढी चीन भ्रमणमा आज प्रस्थान गरेका छन् ।...
एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम

नेपालअखबार, काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दलहरूले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् । यसैक्रममा आज बिहान नेकपा (एकीकृत समाजवादी)ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।...
घट्यो डिजेल र मट्टीतेलको मूल्य
अर्थ, समाचार, हाइलाइट-समाचार

घट्यो डिजेल र मट्टीतेलको मूल्य

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।...
पोखरा देखि काठमाण्डाैंकाे भाडा कति हाे ? प्रशासन माैन, यातायात व्यवासायीकाे मनमर्जी
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

पोखरा देखि काठमाण्डाैंकाे भाडा कति हाे ? प्रशासन माैन, यातायात व्यवासायीकाे मनमर्जी

नेपालअखबार, काठमाडाैं । नेपालीहरुको महान पर्व दशैँमा यात्रुहरुको चहलपहल बढ्नु स्वभाविक नै हाे ।  । सोही मौकाको फाइदा उठाउदै तोकिएको भन्दा बढी भाडा उठाउदै  यातायात व्यवसायीले  आफ्नो मनमर्जी गरेका छन् । यातायात्र व्यवसायीले माैका पाएकाे बेला नै लुट्नु पर्छ भन्ने मानसिकता देखाएका छन् । वस्तवामा पाेखरा देखि काठमाडाैं सम्मकाे यात्रा गर्दा यात्रुहरूले तिर्नु पर्ने भाडादर कति हाे त ?  याे प्रश्न किन सर्वसाधारण यात्रुले गर्न सकेका छैनन् ?   सार्वजनिक सवारी साधनकाे नयाँ भाडा दर  वि.स २०७८ असार २९ गतेका दिन कायम भए अनुसार काठमाडाैं देखि पाेखरा सम्म जम्मा भाडा लाग्ने दर  पाँच सय सत्तिस (५३७) रूपैया सरकारले कायम गरेकाे छ तर एक हजार(१०००) रूपैयाका दरले यात्रुसंग भाडा लिदा कास्कि जिल्लामा नियमन गर्ने निकायले थाहा नै पाएन कि माैनतासंगै बस्याे । टिकट काउन्टरमा टिकट काट्न जादा यात्रुले टिकट नै पाउदैनन् । अ...