सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने
नेपालअखबार, काठमडौं । नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने भएका छन् ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सानामात्र नभई २ सय र ५ सय दरका भारु पनि तोकिएको सीमाभित्र रहेर ल्याउन र लैजान सक्ने वयवस्था गरेको हो ।
सरकारले ठूला दरका भारु पनि नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेसँगै त्यसलाई औपचारिकताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो । त्यसभन्दा भारतले नेपाली नागरिकले २५ हजारसम्मका ठूला दरका नोट ल्याउन लैजान सक्ने व्यवस्था गरेसँगै नेपालले पनि ल्याउन सक्ने व्यवस्था गरेको हो ।
नेपाली र भारतीयले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ ।
तर, भारतीय रुपैयाँ १ सयभन्दा ठूला दरका नोट र न...










