Friday, July 10

हाइलाइट-समाचार

इजरायल–हमास युद्ध : बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

इजरायल–हमास युद्ध : बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्

नेपालअखबार, काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा–बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा–छोरीको शव चिन्न सकियोस् । बीबीसीले खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ । सो समाचारमा लेखिएअनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ । किनभने कथंकदाचित इजरायल–हमास युद्धमा त्यो बच्चाको मृत्यु भएमा त्यही ब्रासलेट र ब्रासलेटमा लेखिएको नामबाट बच्चाको पहिचान खुलोस् । गत हप्ता सामाजिक सन्जालहरुमा आमा–बाबुले आफ्ना बालबच...
जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन्। विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले विभिन्न समुदायबीच एकता, सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न पर्वको संरक्षण गर्नुपर्ने बताए। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्न समाजवादी अर्थव्यवस्था कार्यान्वयन तथा जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनुपर्नेमा जोड दिए। सुश...
समाजवादी मोर्चाको सन्देश सभा कैलालीमा आज
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजवादी मोर्चाको सन्देश सभा कैलालीमा आज

नेपालअखबार, काठमाडैँ । समाजवादी मोर्चाको गत भदौमा स्थगित भएको प्रदेशस्तरीय सन्देश सभा सोमबार हुदैछ । कैलालीको धनगढीमा सभा राखिएको मोर्चाका नेताहरुले बताएका छन् । भदौ १३ गते उपेन्द्र यादव बाहिर भएकाले र र भदौ २६ मा नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण सभा स्थगित भएको थियो । सोमबार १ बजे धनगढीस्थित सौराही पार्टी प्यालेसमा हुने सभामा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले बताइन्। उनका अनुसार सभाको प्रमुख अतिथि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् भने विशिष्ट अतिथिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहनेछन् । त्यस्तै वक्ताका रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष ...
समाजवादी जागरण अभियान सफल भयो: माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजवादी जागरण अभियान सफल भयो: माधव नेपाल

नेपालअखबार, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन्। शनिबार धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मेचीबाट सुरु भएको अभियान महाकालीसम्म सफलरूपमा सम्पन्न भएको बताएका हुन्। समाजवादी जागरण अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नौजवान युवाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो। उनले समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताए। अध्यक्ष नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताए। समाजवादी जागरण अभियान समाजवादप्रति मानिसहरूको आकर्षण बढाउनल सफल भएको उनको भनाइ थियो।...
समाजवादी जागरण अभियानको १४औं दिन (फोटोफिचर)
ग्यालरी, राजनीति, समाचार, हाइलाइट-समाचार

समाजवादी जागरण अभियानको १४औं दिन (फोटोफिचर)

नेपालअखबार। मेची-महाकाली समाजवादी जागरण अभियान सुदुर पश्चिम प्रदेशको कंचनपुर जिल्लाको महाकाली नदीको किनार महेन्द्र नगरमा  " समाजवादी जागरण अभियान " को जनसहभागितामा आयोजित १४औं दिनको कार्यक्रम  सम्पन्न भएकाे छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधान राम्रो बनेको भएपनि कार्यान्वयनको पाटो फितलो बनेका कारण जनतामा निराशा उत्पन्न भएको बताउनु भएको छ।...
कोहलपुरमा एमालेका सयभन्दा धेरै नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

कोहलपुरमा एमालेका सयभन्दा धेरै नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, काेहलपुर। नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभामा एमालेलगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहति भएका छन्। नव प्रवेशीहरूलाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ। सम्बोधन गर्दै नेता खाँले समाजवादी आन्दोलन सम्पन्न गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताउनु भएको हो।...
पोखरा मदर्सा ए अहले सुन्नत वल जमात हाजिरि जवाफ तर्फ र नाते रसुल तर्फ प्रथम (फाेटाे फिचर)
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

पोखरा मदर्सा ए अहले सुन्नत वल जमात हाजिरि जवाफ तर्फ र नाते रसुल तर्फ प्रथम (फाेटाे फिचर)

नेपालअखबार, पाेखरा । पोखरा मदर्सा ए अहले सुन्नत वल जमात हाजिरि जवाफ तर्फ र नाते रसुल तर्फ प्रथम स्थान हासिल गरेकाे छ । स्याङ्जा मुस्लिम समाज पुतलिबजारद्वारा आयोजित हाजिरिजवाफ प्रतियोगिता एवं कुराअन तिलावत प्रतियोगितामा सम्पन्न भएकाे थियाे । हाजिरि जवाफ तर्फ र नाते रसुल प्रतियाेगिता सञ्चालन हुँदा मदर्साका विधार्थीहरूकाे प्रतिभा साथै ज्ञानमुलक कार्यक्रमले थप हाैसला प्रदान गर्ने  आयाेजक स्याङ्जा मुस्लिम समाज पुतलिबजारका सञ्चालले बताएका छन् ।  आयाेजकका अनुसार १४ वटा मदर्सा सहभागि भएका थिए । (फाेटाे फिचर)...
समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न

नेपालअखबार, भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो । पार्टीले अवलम्बन गरेको वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण स्थानीय तहसम्म स्थापित गर्ने अभियानले ध्येय राखेको छ ।  अभियानका यस क्रममा विभिन्न जिल्लामा २८  सभा र सम्मेलन सम्पन्न भएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, हेटौँडा, चितवनमा ठूला सभा सम्पन्न भएका छन् । अभियान अहिले लुम्बिनी प्रदेशमा पुगेक...
नेकपा एस नेपाली जनताकाे आशा र भरोसाको पार्टी बन्दै  :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेकपा एस नेपाली जनताकाे आशा र भरोसाको पार्टी बन्दै :अध्यक्ष नेपाल

नेपालअखबार,।नेकपा (एकीकृत समाजवादी) ले थालनी गरेको मेची महाकाली समाजवादी जागरण अभियानको छैटौं दिन विभिन्न पार्टी परित्याग गरी साढे दुई सय जनाभन्दा बढी नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टी  प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजबादी पा्टीको मेची महाकाली समाजबादी जागरणको क्रममा चितवनको ,भरतपुरमा कोण सभामा नेकपा एमाले पार्टिका नगरका तथा अन्य पार्टीका केहीले पार्टी प्रवेश गरेकाछन्  ।   मेची देखि महाकालीको यस जागरणमा अहीले २४औं सभामा १००० रौंको संख्यामा पार्टी प्रवेश गरि सकेका छन् । पार्टी  अध्यक्ष माधवकुमार नेपालले  वर्तमान जनताकाे आवश्यकता पूरा गर्ने केबल नेकपा एस नै रहेकाे बताएका छन् ।  अध्यक्ष नेपालले  आर्थिक एजेन्डामा  सहित राेजगार, स्थायि रूपमा शान्ति दिगाेविकासका एजेण्डा लिइ पार्टी अगाडि बढेको प्रतिज्ञा गरेका छन् ।  अब नेकपा एस नेपाली जनताहरुकाे आशा र भरोसाको पार्टी बन्ने अध्यक्...
बारा समाजवादीकाे लहर पच्चिस सय (२५००) भन्दा बढि नेता कार्यकर्ता प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

बारा समाजवादीकाे लहर पच्चिस सय (२५००) भन्दा बढि नेता कार्यकर्ता प्रवेश

नेपालअखबार, बारा। बारा जिल्लाको जीतपुर सिमरा नगरपालिकाकाे जीतपुरमा  असोज,२०८० मा मेची महाकाली " समाजवादी जागरण अभियान " को क्रममा पच्चिस सय २५०० भन्दा बढी प्रवेश गरेको पार्टी प्रवेश  गरेका छन् । उत्त कार्यक्रम पाँच हजार भन्दा बढी  जन सहभागिता रहेकाे थियाे । स्वतन्त्र प्रदेश प्यतियसै सन्तोष कुशवाह, लोसपा पूर्व वडाअध्यक्ष, एमालेका कार्यकता लगाएतका नेता कार्यकर्ता  पच्चिस सय २५०० भन्दा बढी जनाले पार्टी प्रवेश  गरेका छन् । नेकपा (एकीकृत समाजवादी)मा विभिन्न पार्टी परित्याग गरि  नेता कार्यकर्ता आउने  जारी रहेकाे छ । नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  स्वागत गरेका थिए ।  सभामा पार्टी बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानक...