Saturday, July 11

हाइलाइट-समाचार

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

नेपालअखबार, बुटवल ।  नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन हुनुभएको  छ । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहनुभएका  पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त भएपछि पाण्डेलाई अध्यक्ष बनाइएको हो । उपाध्यक्षहरुमा श्रीराम यादव र  चीनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन हुनुभएको छ  । वैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा ५ दलीय गठबन्धन कायम रहने भएपनि गठबन्धनको मात्र भर नपरी संगठन विस्तार र परिचालनमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो  ।...
विश्वकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई कतारी राजदूतको निम्तो
समाचार, हाइलाइट-समाचार

विश्वकप फुटबल हेर्न अर्थमन्त्री शर्मालाई कतारी राजदूतको निम्तो

नेपालअखबार, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार शिष्टाचार भेट भएको छ। सो भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन्। उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन्। फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा  हुँदैछन्। प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।...
पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न होटल सङ्घ पोखराको आग्रह
पर्यटन, समाचार, हाइलाइट-समाचार

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न होटल सङ्घ पोखराको आग्रह

नेपालअखबार, पाेखरा । होटल सङ्घ पोखराले कोरोना  प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रदान गर्न सङ्घद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा माग प्रस्तुत गरे । गत जेठ १५ मा प्रस्तुत बजेटले पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न नसकेको बताउँदै अध्यक्ष सुवेदीले मौद्रिक नीतिले तिनलाई समेट्नेमा आफूहरू आशावादी रहेको बताए । कोभिड–१९ का कारण ३० प्रतिशत व्यवसायी तथा ठूलो सङ्ख्यामा कर्मचारी र मजदुर पलायन भएको उनले जानकारी दिए । होटल तथा पर्यटन उद्योगको वित्तीय अवस्था हालसम्म सहज भइनसकेको जनाउँदै सङ्घले २०८१ असार मसान्तसम्मको पाक्ने ब्याजको छुट्टै हिसाब राखी हर्जना...
गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा
राजनीति, समाचार, हाइलाइट-समाचार

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

नेपालअखबार । हाल निर्माणाधीन स्थानको विकल्प खोज्न दिएको सर्बोच्च अदालतको आदेश विपरीत सत्तारुढ गठबन्धनका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने निस्किएका सत्तारुढ गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई यथास्थितिबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प नभएको भन्दै तत्कालै काम सुरु गर्नुपर्ने धारणा ...
१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो
राजनीति, समाचार, हाइलाइट-समाचार

१७ प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सकियो

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।  यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ । विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग...
प्रेमआले : समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रेमआले : समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले  गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु ।’ यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भ...
पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक
खेलकुद, समाचार, हाइलाइट-समाचार

पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

नेपालअखबार, पाेखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएको छ । उदियमान खेलाडी विधामा टेन...
हजयात्रीको अन्तिम टोलीलाई गृहमन्त्रीले विदाइ गरे
समाचार, हाइलाइट-समाचार

हजयात्रीको अन्तिम टोलीलाई गृहमन्त्रीले विदाइ गरे

नेपालअखबार, काठमाडौं । साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले विदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई विदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई विदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत पनि विमानस्थल पुगेका थिए । असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिगेट्स् र ३ जना मेडिकल सपोर्...
मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च
प्रशासन, समाचार, हाइलाइट-समाचार

मन्त्री आलेले जोगाइदिए निगमको ३५ लाख फजुल खर्च

विलम विष्ट,  काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले तुहाइ दिएका छन् । निगमको वाइडबडी विमान अन्नपुर्ण (A330, 9N–ALY) जहाज नियमित सि–चेक जाँचका लागि विहीबार इन्डोनेसियाको जार्कता पठाइदै छ । उक्त विमान त्यहाको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ । तर, निलम्बित कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो चाकरी गर्ने एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोकेका हुन् । यो निर्णयले कोभिड महामारीक...
नागरिकता विधेयक संसदमा अघि बढाउने गठबन्धनको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

नागरिकता विधेयक संसदमा अघि बढाउने गठबन्धनको निर्णय

नेपालअखबार, काठमाडाैं । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ। बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनका दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक अघि बढाउन प्रस्ताव गरेका थिए। बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको  अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको हो। बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउने निर्णय भएको जानकारी दिए। आजको बैठकमा शान्ति प्रक्रियाका बाँकी प्रक्रियामा पनि चाँडै टुंग्याउने निर्णय भएको छ। कानुन मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रिया टुंग्याउने विषयमा अहिलेसम्म भएका विषयको प्रतिवेदन पेस गरेका थिए। बैठकमा अहिले बढिरहेको महंगीबारे पनि छलफल ...